‘अवसर पाएर पनि काम गर्न नसक्ने नेताहरुलाई अब पद दिनु हुन्न’

लोकपथ
245
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अवसर पाएर पनि काम गर्न नसक्ने नेताहरूलाई पदमा दोहोर्‍याउन नहुने बताएका छन्।

नेपाली कांग्रेस सुनसरी काठमाडौं सम्पर्क समिति काठमाडौं आज आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमा बौल्दै नेता सिंहले १३ औं महाधिवेशन पछि नेतृत्व पाएकाले जिम्मेवारी पुरा गर्न नसकेकाले पार्टीमा अहिलेको अवस्था सिर्जना भएको बताएका हुन्।

उहाँले पटक पटक जिम्मेवारी पाउँदा पनि पाएको जिम्मेवारी पुरा गर्न नसक्ने नेतालाई पुन जिम्मेवारी दिए पार्टीको अवस्था अझै धेरै बिग्रने बताए ।

‘अहिले पार्टीको परम्परा नै मिचिएको छ । देश बनाउँछु बनेर अगाडी बढ्ने नेताहरुले आफ्नै पार्टीको अबस्था नाजुक बनाएका छन् ।’ उहाँले भन्नु भयो ‘ अबसर पाएर पनि काम नगर्नेहरुलाई रिपिट गर्न हुन्न । यसले पार्टीलाई फाइदा गर्दैन ।’

साथै नेता सिंहले अझै पनि केही जिल्लामा क्रियाशिल सदस्यता विवाद कायम रहेका बताउँदै विधी र नियमपूर्वक समाधान गर्नु पर्ने बताए। उनले रौतहट जिल्लाका कार्यकर्ताहरु धर्ना बसेको सय दिन बितिसक्दा पनि नेतृत्व मैन रहेका बन्दै आपत्ति समेत जनाए। विधी र नियम अनुसार अगाडी बढेको भए अहिलेको समस्या नआउने भन्दै नेता सिंहले विधी र नियम पालना गर्न अहिलेको नेतृत्वलाई कस्ले छेक्यो भन्ने प्रश्न गरे। पार्टीका आगामी १४ औं महाधिवेशनलाई कमीकमजोरी सुधार गर्ने मौकाको रुपमा लिनु पर्ने उनको भनाई छ ।
साथै नेता सिंहले अहिले न्यायालयमा देखिएको समस्या संविधानको मर्म र भावना अनुसार नै समधान गर्नु पर्ने औंल्याए।

त्यसैगरी नेता सिंहले न्यायालयमा राजनीतिक व्यक्तित्वले हस्तक्षेप गर्न नहुने भन्दै नेता सिंहले निश्चित व्यक्किो स्वार्थका कारण न्यायालयमा अहिलेको अवस्था सिर्जना भएको बताएका छन् ।

फरक प्रसङ्गमा नेता सिंहले चाडपर्वको मुखमा सरकारले ग्यास र डिजेल लगायतका इन्धनको मूल्य बढाएर गल्ती गरेको बताए। जनतालाई राहत दिने ठाँउमा सरकारले मूल्य बढाएर जनतालाई मारमा पारेको उनले टिप्पणी गरे। आफुले गर्न सक्ने काम नगर्ने र त्यसको क्षतिपूर्तिको लागि मूल्य बढाउने काम गलत भएको भन्दै नेता सिंहले मूल्यबृद्धि तत्काल फिर्ता ल्याउन माग समेत गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?