चितवन । नेपाल पत्रकार महासङ्घले स्वर्गीय पत्रकार द्वारिका नेपालको परिवारलाई आर्थिक सहयोग गरेको छ । नेपाल पत्रकार महासङ्घ चितवन शाखाको ५० हजार रुपैयाँ र केन्द्रले प्रदान गरेको २५ हजार रुपैयाँ गरी ७५ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको हो ।
पत्रकार नेपालको १३ औँ पून्यतिथिको अवसर पारेर शुक्रवार महासङ्घ चितवन शाखाका अध्यक्ष नारायण अधिकारीले महासङ्घका पदाधिकारीको उपस्थितिमा नेपालका भाइ शालिकरामलाई सहयोग रकम हस्तान्तरण गरे । यही असोज ३१ गते ४७ वर्षीय नेपालको निधन भएको थियो । दसैँको टीका लगाउन रौतहटको चन्द्रनिहापुर घर जाने क्रममा असोज २५ गते बाटोमा बेहोस भएपछि उनलाई उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएको थियो । यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको थियो । उनको मष्तिष्कघातको उपचारका क्रममा निधन भएको हो ।
चितवन शाखाले यसअघि दिवङ्गत हुने आफ्ना सदस्यका परिवारलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो । यस्तै महासङ्घका सदस्यको सात लाख रुपैयाँ बराबरको दुर्घटना बीमा समेत गरिसकेको छ । बीमा सुविधा लिन नसक्ने अवस्थामा तत्कालै आर्थिक सहायतास्वरुप महासङ्घले सो रकम सहयोग गर्ने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया