रामेछापका वडाध्यक्ष कुवीर खत्री मृत अवस्थामा फेला

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका ५ प्रितीका वडाध्यक्ष मृत अवस्थामा भेटिएका छन् ।

बुधबार बिहान वडा नं. ५ प्रितीकै बसेरी चिलाउउने भन्ने ठाउँमा वडाध्यक्ष कुवीर खत्री मृत अवस्थामा भेटिएको हो । 

खत्री नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

वडाध्यक्ष खत्री मंगलबार बिहानदेखि सम्पर्कविहीन थिए । खत्रीले प्रयोग गरेको मोटरसाइकल, कोट र डायरी लगाएकै सामानन मंलबारै फेला परेको थियो ।   

उमाकुण्ड गाउँपालिकाका प्रवक्ता रुद्रमढिा नेवारका अनुसार वडाध्यक्ष खत्रीले प्रयोग गरेका ती सामान भेटिएकोभन्दा करिब पाँच सय मिटर तल उनको शव भेटिएको जानकारी दिए । 

उनका परिवारले भने, गाउँपालिका सदस्यलाई समेत बैठकमा जानुर्पछ भनी खबर गरेर घरबाट हिँडेका थिए ।

गाउँकार्यपालिकाको बैठकमा अबेरसम्म नआएपछि वडाध्यक्ष खत्रीलाई सम्पर्क गरीएको थियो । तर, सम्पर्क गर्दा उनको फोन नउठेको र घरपरिवारमा फोन गर्दा बिहानै हिँडेको खबर आएपछि उनको खोजी सुरु गरिएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?