११ चैत्र २०७९, शनिवार

अभिलेखालयलाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्नुपर्छः प्रम

२०७४,आश्विन,२४,मंगलवार ०८:४०

0
Shares

काठमाडौँ, २४ असोज ।प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय अभिलेखालयलाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्नुपर्ने बताएका छन ।राष्ट्रिय अभिलेखालयको स्वर्णाेत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले नेपालको एक मात्र आधिकारिक अभिलेख राख्ने केन्द्र अभिलेखालयको भवन सर्वोच्च अदालतले लिनलाई ताकेता गरेका विषयमा आफूले कुरा गर्ने र निष्कर्ष निकाल्ने बताए । कार्यालयका महत्वपूर्ण मानिएका २५ वर्ष पुगेका अभिलेख अभिलेखालयलाई बुझाउनुपर्ने कार्यलाई समेत प्रभावकारी रुपमा कार्यान्वयन गर्न प्रधानमन्त्री देउवाले सबैलाई आग्रह गरे ।प्रधानमन्त्रीले भने, “इतिहास, धर्म, दर्शन, हस्तलिखित ग्रन्थ कम्युटर माइक्रोफिल्मको माध्यमबाट अभिलेख व्यवस्थापन जस्तो महत्वपूर्ण कुराको संरक्षण जरुरी छ ।”सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देवले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वको अभिलेख स्वदेशी तथा विदेशीको अध्ययनका लागि महत्वपूर्ण भएको बतए ।अभिलेखालयलाई स्थानान्तरण गर्दा महत्वपूर्ण ग्रन्थ वा दस्तावेज नष्ट हुने हुनाले हाल भइरहेको ठाउँमा नै राख्नका लागि पहल भइरहेको बताउँदै उनले त्यसका लागि मन्त्रालयले पहल गर्ने आश्वासन दिए ।अभिलेखालयका महानिर्देशक भेषनारायण दाहालले एक ठाउँबाट अर्को ठाउँमा अभिलेख सार्दा ९० प्रतिशत क्षति हुने सम्भावना भएको हुँदा सोही ठाउँमा राख्न उपयुक्त हुने बताए ।शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीले अभिलेखालयकै लागि भनेर निर्माण गरिएको भवन भएको हुँदा अरु ठाउँमा सार्न नहुने र यसको सुरक्षार्थ सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।अभिलेखालयका प्रमुख सौभाग्य प्रधानाङ्गले सातौं शताब्दीदेखिका महत्वपूर्ण र ऐतिहासिक दस्तावेजका साथै विश्वकै प्रसिद्ध र दुर्लभ दस्तावेजसमेत अभिलेखालयमा रहेको जानकारी दिए ।राष्ट्रिय अभिलेखालय सरकारका विभिन्न निकायले कार्य सञ्चालनका क्रममा सिर्जना गर्ने राष्ट्रिय महत्वका दस्तावेजको संरक्षण तथा व्यवस्थापन गर्ने उद्देश्यले २०२४ साल असोज १७ गते स्थापना भएको हो ।अभिलेखालयमा विश्वमा नै दुर्लभ प्राचीन ग्रन्थ सुरक्षित छन् । इसं ८१० को स्कन्दपुराण, युनेस्को ‘मेमोरी अफ द वल्र्ड’ रजिष्ट्ररमा सूचीकृत शैवतन्त्रको ग्रन्थ ‘निश्वासतत्तवसंहिता’, शारदा लिपिमा लेखिएको बौद्धदर्शनको ग्रन्थ ‘कारण्डब्यूह’, गिल्गीट लिपिमा लेखिएको ‘सद्धर्मपुण्डरीकसूत्र’, ‘शिवधर्म’, ‘विष्णुधर्म’ आदि अभिलेखालयमा छन् ।त्यस्तै ताडपत्र, भोजपत्र, नीलपत्र, ठ्यासफू, नेपाली कागज, भारती कागज जस्ता विविध हस्तलिखित सामग्री सुरक्षित छन् । संस्कृत, पाली, मैथिली, नेवारी, तिब्बती आदि भाषामा लेखिएका ग्रन्थ तथा तन्त्र, दर्शन, इतिहास, वेद, कर्मकाण्ड आदि गरी अभिलेखालयमा ३० हजार हस्तलिखित ग्रन्थका मूलप्रति, करिब २० हजार अभिलेख, करिब आठ हजार तिब्बती ग्रन्थ, एक लाख ८० हजार माइक्रोफिल्म प्रति र करिब १२ हजार प्रकाशित पुस्तक छन् । 

प्रकाशित मिति: २०७४,आश्विन,२४,मंगलवार ०८:४०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ

चितवन । तपाईको शरीरमा कतै सानोतिनो ट्यूमर त छैन ? समय समयमा शरीरका विभिन्न भागमा परीक्षण गर्ने गर्नुहोस् । अन्यथा

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

ताजा समाचार

थ्री नेसन्स कप : भुटान र लोआस भिड्दै
 २०७९,चैत्र,११,शनिवार १८:०३
नियन्त्रित लागूऔषधसहित २ जना पक्राउ
 २०७९,चैत्र,११,शनिवार १७:११