काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
निगमले शुक्रवार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको ।
निगमले शुक्रवार विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टितेलको हालको बिक्री मूल्यमा ३ रुपैयाँले वृद्धि गरेको जानकारी दिएको छ ।
मूल्यवृद्धि भएसँगै अब पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १३३ रुपैयाँ, डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर ११६ रुपैयाँ पुगेको छ । त्यसैगरी ग्यासँको भने प्रतिसिलिण्डर ५० रुपैयाँले मूल्य वृद्धि भएर एलपी ग्याँसको मूल्य प्रतिसिलिण्डर १५ सय रुपैयाँ पुगेको छ ।
निगमले आन्तरिक तथा बाह्य हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरेको छ । यससँगै आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ९६ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर अमेरिकी डलर ८५३ पुगेको निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया