उज्वेकिस्तानमा वर्तमान राष्ट्रपति नै पुनः निर्वाचित

काठमाडौँ- उज्वेकिस्तानको राष्ट्रपतिमा वर्तमान राष्ट्रपति शाभ्कात मिर्जीयोयेभ नै पुनः निर्वाचित भएका छन् ।

निर्वाचनमा खसेको कुल मत मध्ये ८०.१२ प्रतिशत मत ल्याएर उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उज्वेकिस्तानमा निर्वाचन आयोगले राष्ट्रपति चयनका लागि गत आइतवार मतदान गराएको थियो । मतगणनाको अन्तिम परिणामा भने शुक्रबार मात्रै सार्वजनिक भएको हो ।

कोरोनाभाइरसको महामारीका बीचमा पनि उज्वेकिस्तानमा निर्वाचन आयोगले निर्वाचन गराएको भन्दै प्रशंसा भएको छ । राष्ट्रपतिमा पुनः निर्वाचित भएका मिर्जीयोयेभले उज्वेकिस्तान लिवरल डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपतिमा उम्मेदवारी दिएका थिए । उनले निर्वाचनका बेला धेरै औद्योगिक परियोजनाहरु सुरु गर्ने प्रतिवद्धता मतदाता समक्ष गरेका थिए।

उनी यसअघि सन् २००३ देखि २०१६ सम्ममा उज्वेकिस्तानको प्रधानमन्त्री बनेका थिए भने सन् २०१६ देखि राष्ट्रपतिको जिम्मेवारीमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?