बैठकमा ओली र रावलबीच भनाभन, १० बुँदेको औचित्य समाप्त !

काठमाडौं- नेकपा एमालेको शुक्रबारको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच भनाभन भएको छ । १० बुँदे सहमतिको विषयमा ओली र रावलबीच भनाभन भएको हो।

रावलले १० बुँदेका विषयमा आफ्ना कुरा राखेपछि ओलीले कार्यदलबाट नसकेर राजीनामा दिएको आरोप लगाएका थिए । “तपाईंले सक्नुभएन राजीनामा दिनुभयो । मलाई के दोष दिनुहुन्छ ? तपाईंले गर्न नसकेर राजीनामा दिएपछि केको कार्यदल ? अब कार्यदल रहेन । ,” उनले भने।

रावलले ओलीलाई बोल्दा बोल्दाबोल्दै आफूले नसकेर राजीनामा नदिएको भन्दै जवाफ दिएका थिए । रावलले १० बुँदे सहमति कार्यान्वयन हुनुपर्नेसमेत बताएका थिए। १० बुँदे सहमति कार्यान्वयन कार्यदलका संयोजक रहेका रावलले केही दिनअघि राजीनामा दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?