मोदीलार्इ स्वागत गर्ने गेट हुरीले उडायो

जनकपुर : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि प्रदेश नं. २ को सरकारले जनकपुरभर बनाएको स्वागतद्वार मंगलबार बुधबार बिहान अाएको हावाहुरीले उडार्इदिएको छ । मोदी पर्सी २८ गते नेपाल अाउँदैछन् ।

मोदीको स्वागतका लागि लाखाैं खर्चेर प्रदेश सरकारले बनाएको स्वागतद्वारमा अाँधी र हुरीले बितण्डा मच्चाएको हो । अधिकांश स्वागतद्वार अाँधी र हुरीले ढालिदिएको छ । स्वागतद्वार जनकपुर उपमहानगरपालिकाले ठड्याएको थियो । स्वागतद्वारमा उपमहानगरपालिकाका जनप्रतिनीधिको फोटो समेत छापिएको थियो  ।

निर्माणमा गुणस्तर नभएकाले संरचनामा हावाले क्षति पुर्याएको स्थानीयले दाबी गरेका छन् । रामानन्द चोकदेखि जानकी मन्दिरसम्मको ६ वटा द्वार ढलेर सडक नै अवरूद्द पारेको छ । 

प्रदेश सरकारले जानकी मन्दिरवरपर तथा मन्दिर अाउने सडकका धेरै ठाउँमा स्वागतद्वार बनाएको थियो । 

बिहान ३ बजेतिर मच्चिएको हावाहुरी र पानीले मोदीलार्इ स्वागत गर्ने भनिएको रणभुमी मैदान समेत अस्तव्यस्त र जलमग्न बनार्इदिएको छ । 

यसैबीच, हावाहुरीकै कारणा घर भत्कँदा च्यापिएर धनुषामा एक नागरिकको मृत्यु भएको स्थानीय प्रशासनले जानकारी दिएको छ । तर, घटनाको पुरा विवरण अार्इसकेको छैन ।

(तस्बिरूहरू : स्थानीयवासीको सामाजिक सञ्जाल)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?