बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता थपलियाको राजीनामा

RSS
0
Shares

बागमती । बागमती  प्रदेशका मुख्य न्यायाधिवक्ता ओमप्रकाश थपलियाले पदबाट राजीनामा दिएका छन् । उनले बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा दिएका हुन् ।

नेकपा एमालेले बागमती प्रदेशको नेतृत्व गर्दा मुख्य न्यायाधिवक्तामा नियुक्त भएका थपलियाले प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएपछि राजीनामा दिएका हुन्। एमाले संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि थपलियाले पनि राजीनामा दिएका हुन् ।

२०७६ साउन १२ मा तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको सिफारिसमा उनी मुख्य न्यायाधिवक्तामा नियुक्त भएका थिए । मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको कानुनी सल्लाहकार हुने व्यवस्था छ । उनले आफूले पाएको जिम्मेवारी प्रभावकारीरुपमा पूरा गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?