शुक्रबार देशभर ५४९ जनामा कोरोना संक्रमण पुष्टि, मृतक कति थपिए ? (विवरणसहित)

लोकपथ
260
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा ९ हजार ७ सय ४६ जनाको नमुना परीक्षण गर्दा ५ सय ४९ जनामा संक्रमण पुष्टि भएको हो ।

पीसीआर विधिबाट ७ हजार १ सय ४५ जनाको परीक्षण गर्दा ४९० जना र एन्टीजेन विधिबाट २ हजार ६०१ जनाको परीक्षण गर्दा ५९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

सो अवधिमा ५६९ जना संक्रमणमुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट ११ हजार ३ सय ८८ जनाको मृत्यु भइसकेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार १५१ जना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?