काठमाडाैं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्ले र्इरानसँगको परमाणु सम्झाैताबाट अमेरिका अलग भएको घोषणा गरेका छन् । संयुक्त राष्ट्रसंघ र शक्तिराष्ट्रहरूले त्यस्तो नगर्न चेतावनी दिएपनि बाराक अोबामाको कार्यकालको यो सम्झाैता असान्दर्भिक भर्इसकेको दाबी गर्दै ट्रम्पले खाडी क्षेत्रमा फेरि तनाव बढार्इदिएका छन् ।
The Iran Deal is defective at its core. If we do nothing, we know what will happen. In just a short time, the world’s leading state sponsor of terror will be on the cusp of acquiring the world’s most dangerous weapons…. pic.twitter.com/58qwBLzxIH
— Donald J. Trump (@realDonaldTrump) May 8, 2018
अमेरिका, फ्रान्स, इरान, जर्मीनी र ब्रिटेनबीच सन् २०१५ मा परमाणु सम्झाैता भएइको थियो । साे सम्झाैतामा इरानले परमाणु कार्यक्रम रोक्ने तथा अरु देशले इरानमािथ लगाएका सवैखाले प्रतिबन्ध फुकुवा गर्ने उल्लेख थियो ।
तर, अमेरिकाले मंगलबार राती सम्झाैता निस्क्रिय भएको घोषणा गर्दै इरानमाथि ९० वा १८० दिनसम्मको प्रतिबन्ध लगाउने निर्णय गरेको छ हो । यो निर्णयलार्इ अमेरिकाको सहयोगी इजरायलले समर्थन गरेको छ । इजरायलले केही दिनअघि इरानले अाणविक हतियार बनार्इरहेको हजाराैं प्रमाण अाफुहरूसँग रहेको दाबी गरेको थियो ।
परमाणु सम्झाैता खारेजीको अमेरिकी घोषणाप्रति सम्झाैतामा सहभागी देश फ्रान्स, जर्मनी र ब्रिटेनले ट्रम्पप्रति खेद व्यक्त गरेका छन् ।
युरोनियम सम्बर्द्दनको काम पुन : थाल्ने इरानको चेतावनी
अमेरिकाले परमाणु सम्झाैता खारेजीको घोषणा गरेलगत्तै इरानले पनि युरोनियम सम्बर्द्दनको काम फेरि थाल्ने कडा चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयमाथि कडा निन्दा गर्दै इरानले हतियार र उर्जा उत्पादनका लागि युरोनियम सम्बर्द्दनको काम थाल्ने बताएको छ ।
सम्झाैता खारेजीको अमेरिकी घोषणालगत्तै इरानका राष्ट्रपति हसन रूहानीले युरोनियमसम्बन्धी रोकिएको काम पुन: शुरू गर्न अाणविक उर्जा संगठनलार्इ निर्देशन दिर्इसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया