जेलभित्रै धर्म प्रचार !

सुर्खेत : जिल्ला कारागार सुर्खेतलार्इ इसार्इ मिसनरी चर्चले धर्मप्रचारको केन्द्र बनाएको छ । विरेन्द्रनगर-१, सुर्खेतमा रहेको अनुग्रह चर्चले कैदीबन्दीलार्इ खाद्यान्न सहयोगको बहानामा कारागारालार्इ नै धर्म प्रचारको केन्द्र बनाएको हो, नागरिक दैनिकमा खबर छ । 

यो चर्चका केही व्यक्तिहरू ६ बर्षअघि जिल्ला कारागार पुगि अाफुहरूले कैदीबन्दीलार्इ अावश्यक खाद्यान्न, शिक्षा, स्वास्थ्य र खानेपानीलगायतमा सहयोग गर्ने वचन दिएका थिए । त्यही सहयोगको बहानामा यो चर्चले कारागारिभत्रै सैयाैं कैदीहरूलार्इ र्इसार्इ धर्मको अनुयायी बनार्इ धर्म परिवर्तन गराएका हुन् । 

यो चर्चले गरिरहेको धर्मप्रचारमा कारागार प्रशासन पनि संलग्न देखिएको छ । कैदीबन्दी विरामी पर्दा अस्पताल लगेर उपचार गर्नुको साटो र्इसार्इ धर्मका पादरीहरू बोलाएर प्रार्थना गर्न लगाउने गरिएको छ । चर्चका व्यक्तिहरूले कारागारभित्र निर्बाध प्रवेश सुविधा पाएका छन् । ‘सहयोग’ र ‘प्रेम’बाट कैदी–बन्दीको जीवन परिवर्तन गर्ने भन्दै उनीहरु जेलभित्रै धर्म प्रचार गर्छन्। कैदी–बन्दीलाई प्रार्थना गर्न लगाउँछन्।

जेलभित्र सजाय भुक्तान गरिरहेका कैदी–बन्दी मात्रै होइन् उनीहरुका परिवार र सन्तान खोज्दै प्रभुका अनुयायीहरु घरैसम्म पुग्छन्। त्यहाँ पनि आर्थिक, खाद्यान्न, शैक्षिकलगायतका सहयोगको नाममा आफ्नो सञ्जाल विस्तार गरिरहेको खबर छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?