१७ मङ्सिर २०७९, शनिवार

बसको ठक्करबाट वृद्धाको मृत्यु

२०७४,आश्विन,२४,मंगलवार ०८:३४

0
Shares

खोटाङ, २४ असोज ।बसको ठक्करबाट यहाँ एक वृद्धाको आज बिहान घटनास्थलमै मृत्यु भएको छ ।दिक्तेलबाट जयरामतर्फ जाँदै गरेको बा ३ ख ६३३५ नं को बसले ठक्कर दिँदा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाकी ७७ वर्षीया जरीकन्या राईको मृत्यु भएको हो ।वृद्धाको मृत्यु भएपछि आफन्तले सडक अवरुद्ध गरेका छन् । दोषीलाई कडा कारबाही र मृतकका परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन माग गदै आफन्तले दिक्तेल–हलेसी सडक अवरुद्ध गरेका हुन् । घटनाको अनुसन्धान गर्न र अवरुद्ध सडक खुलाउन टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए ।दुर्घटनालगत्तै बस चालक अर्जुन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घरबाट घाँस काट्न भनेर हिँडेकी राईलाई बयाक्ता भन्ने ठाउँमा सडक पार गर्ने क्रममा बसले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् ।मृतकका आफन्तले सडक अवरुद्ध गरेपछि शव उठ्न सकेको छैन । घटनास्थल जिल्लाको पश्चिमी क्षेत्र ओखलढुंगाको सिमानामा पर्छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२४,मंगलवार ०८:३४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्डको सचिवालय र नेपाल व्यवसायी संघ कतारबीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ

काठमाडौं । जिल्ला प्रशासन कार्यालय कैलालीले जारी निषेधाज्ञा हटाएको छ । बिहीबार बिहान धनगढी–५ स्थित पिपलचौतारा नजिकै ना १ क

जाजरकोट । झोलुङ्गे पुल माग गर्न थालेको १५ वर्षभन्दा बढी हुँदा पनि पश्चिम जाजरकोटको जुनिचाँदे गाउँपालिका वडा नं ४ र

धनगढी । कैलालीको धनगढीमा ग्रेडरको ठक्करबाट १५ वर्षीया बालिका चेतना साउदको मृत्यु भएको घटनालाई लिएर आन्दोलन चर्किएको छ । किशोरीको

ताजा समाचार

कुटपिट गरी हत्या गरेको आरोपमा दुई पक्राउ
 २०७९,मङ्सिर,१७,शनिवार ०८:३२
थाहा पाउनुहोस् आजको मौसम
 २०७९,मङ्सिर,१७,शनिवार ०७:५८