नेप्सेमा ९१ लाख ४८ हजार कित्ता सेयर सूचीकृत

लोकपथ
1.5k
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (शुक्रबार) सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडकाे सेयर सूचीकृत भएकाे छ ।

बैंकले सिर्जना फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्दा कायम हुन आएकाे ९१ लाख ४८ हजार ८ सय २२ दशमलव ०२ कित्ता सेयर सूचीकृत गरिएको नेप्सेले जनाएको छ ।

सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई १:०.९५ काे अनुपातमा प्राप्ति गरेको थियो । नेप्सेका अनुसार प्राप्तिपश्चात कायम हुन आएकाे प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरको ९१ लाख ४८ हजार ८ सय २२ दशमलव ०२ कित्ता सेयर धिताेपत्र सूचिकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?