‘जाईरा’मा नम्रताको एक्सन अवतार

काठमाडौं । नम्रता श्रेष्ठले अभिनय गरेको सिनेमा पर्व रिलीजका लामो समय पश्चात 'जाईरा'बाट पर्दामा आउँदै छिन् । अहिले उनको अभिनय रहने सिनेमा 'जाईरा'को गुपचुप रुपमा धमाधम छायांकन भैरहेको छ । नम्रता आफुले गर्ने हरेक काम गुपचुप रुपमै गर्न मन पराउँछिन् । जसले गर्दा उनले काम गरेका हरेक सिनेमाको पर्दशनको समयमा निकै हल्लाखल्ला हुने गर्छ । 

उनले मंगलबार साँझ ट्विटरबाट एउटा फोटो सार्वजनिक गरिन । जुन फोटोमा उनको साथमा केहि युवाहरु एक्सन मुडमा देखिन्छ । फोटोमा उनले क्याप्सन लेखेकीछिन् 'जाईरा' फाइट सिक्कोयन्स । यो फोटो हेर्दा के लाग्छ भने उनी सिनेमामा एक्सन अवतारमा देखिदै छिन । जसको लागी उनले निकै मेहनत गरेकी छिन आफ्नो कपाल काटेकी छिन । तौल घटाएर शरिर फिट देखाएकी छिन । 

सार्वजानिक फोटोले दर्शकमा कौतुहल्ता अवश्य बढाएको छ । श्रोतका अनुसार 'जाईरा'मा नम्रता बक्सरको रुपमा देखिएकी छिन् । उनलाई साथ दिएका छन अहिलेका चर्चित अभिनेता अनुप विक्रम शाहिले । यो सिनेमालाई आशुतोष राज श्रेष्ठले निर्देशन गरिरहेका छन । भने 'जाईरा'लाई मनिष पण्डितले निमार्ण गरिरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?