विभिन्न ३ कम्पनीले गरे लाभांश घोषणा, कुनको कति ?

लोकपथ
10k
Shares

काठमाडौं । आज शुक्रबार विभिन्न ३ कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेका छन् ।

एभरेष्ट बैंक लिमिटेड, उन्नति सहकार्य लघुवित्त र एनएमबि लघुवित्तले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेका हुन् ।

एभरेष्ट बैंले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ४.३२ प्रतिशत नगद गरी कुल १०.३२ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे । बैंकको आज (शुक्रबार) बसेकाे सञ्चालक समितिकाे बैठकले उक्त निर्णय गरेको हो ।

त्यस्तै, उन्नति सहकार्य लघुवित्तले गत आर्थी वर्षका लागि ३२ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । संस्थाको कार्तिक १२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो ।

साविकको उन्नति लघुवित्त वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्था बिच मर्जर पछि गत बर्ष असार २६ गतेदेखि उन्नति सहकार्य लघुवित्तका नाममा एकिकृत कारोबार थालेका हुन् । कम्पनी हालै मर्जर प्रक्रियामा गएकाले कम्पनीले वितरण गर्ने बोनस सेयरमा कर लाग्दैन ।

त्यसैगरी, एनएमबि लघुवित्तले पनि गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई चुक्ता पूँजीको कुल २२.६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमा २१.५० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १.१३ प्रतिशत नगद लाभांश रहेका छन् । संस्थाकाे हिजाे (बिहीबार) बसेकाे सञ्चालक समितिकाे बैठकले उक्त निर्णय गरेको हो ।

तिनै वटा कम्पनीको प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?