केरुङ–काठमाडौं रेलमार्गको सम्भाब्यता अध्ययन हुदै

काठमाडौं । बहुप्रतीक्षित केरुङ–काठमाडौं रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन (प्रि–फिजिविलीटि स्टडी) हुने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले भन्नुभयो–नेपाल र चीनबीचका रेलवे अधिकारीबीच केरुङ–काठमाडौं रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन गरिने सहमति भएको छ । 

चिनिया पक्षले सो अध्ययन गरेर भदौ १५ गतेसम्म उक्त अध्ययन प्रतिवेदन नेपाल पक्षलाई देखाउने र दुबै मुलुकबीचको छलफलले सो प्रतिवेदनबारे टुङ्गो लगाउने सहमति भएको हो । अध्ययनको सम्पूर्ण आर्थिक सहायता चीन सरकारले नै उपलब्ध गराउने सहमति भएको थियो । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुधन अधिकारीको नेतृत्वमा मन्त्रालयका अधिकारी तथा रेल्वे विभागका अधिकारीहरुको हालै सम्पन्न चीन भ्रमणको क्रममा सो सहमति भएको थियो ।  
    
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?