बलिउड कलाकार अलिसँग दिपशिखाको रोमान्स, किन गरिन कपाल मुण्डन

काठमाडौं । अभिनेत्री दिपशिखा खड्काले निर्माण गरिरहेको सिनेमा 'प्रेमलीला'को यतीबेला पोखरामा धमाधम छायाँकन चलिरहेको छ । यो सिनेमामा अभिनेत्री दिपशिखा खड्काले बलिउड कलाकारसँग रोमान्स गरिरहेकी छिन । यस सिनेमामा समावेश 'जाने क्या हुवा ए' बोलको हिंन्दी गीतको छायाँकन गरिएको थियो । नेपाली सिनेमामा कथाको माग अनुसार हिंन्दी गीत राखिएको अभिनेत्री खड्काले बताइन । गीतमा बलिउड गायक राजा हसनको स्वर रहेको छ । 


 
पहिलो पटक नेपाली सिनेमामा डेव्यु गर्न अभिनेता अलि खान आफुले नेपाली सिनेमामा काम गर्न पाउँदा खुशी लागेको बताउँछन् । निर्माताका अनुसार कथाको माग र कथालाई न्याय दिन सक्ने कलाकार चाहिएकोले आफ्नो टिमले बलिउड कलाकार अलिलाई सिनेमामा लिएको जानकारी दियो ।

यता सिनेमाकी मुख्य नायिका तथा निर्मात्री खड्काले आफ्नो कपाल मुण्डन गरेकी छिन् । किन कपाल मुण्डन गरिन । दिपशिखा भन्छिन् यो मेरो कपाल मुण्डनको रहस्य अहिले खुलाउन मिल्दैन । यसवारे चाँडै मिडियालाई थाहा हुने उनको भनाइ रहेको छ ।

जनक पाण्डेले निर्देशन गरिरहेको सिनेमालाई पवन गौतमले छायांकन  गरिरहेका छन । 'प्रेमलीला'मा महेश खड्का, नबिन कार्की र रविराज शाहको संगीत रहेको छ । सिनेमामा दिपशिखा खड्का, अलि खान, सुरज तमु, रेखा शाह लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?