असार ८ मा ‘कुम्भकरण’, १२ लाखमा बिक्यो अष्ट्रेलिया राइट्स

काठमाडौं । निर्माण भएको लामो समय देखि पोष्ट प्रोडक्सनमा रहेको सिनेमा 'कुम्भकरण'को अन्तत रिलीज मिती फाईनल गरिएको छ । अब यो सिनेमा असार ८ गतेबाट अलनेपाल रिलीज हुनेछ । पछिल्लो समय नेपाली सिनेमाको बजार फराकिलो हुदैँ गएको छ । एकपछि अर्को सिनेमाले आफ्नो विदेश राइट्स  मंहगो मुल्यमा विक्रि भैरहेका छन् ।

'कुम्भकरण'ले पनि आफ्नो अष्ट्रेलिया राइट्स सर्वाधिक मुल्य १२ लाखमा निर्माण टिमले बेचेको छ । सिनेमा निमार्ण कम्पनी आकाश पल इन्टरटेनमेन्ट र अष्ट्रेलियाको लागी ग्लोबल मिडिया रिसर्च सेन्टरका गणेश मल्ल ठकुरी विच सिनेमाको अष्ट्रेलिया रिलीजको सम्झौता गरियो । 

योसँगै सिनेमाको नेपाल रिलीजसँगै अष्ट्रेलियाका विभिन्न सहरमा सिनेमा एकसाथ रिलीज गरिने छ । सिनेमामा गौरव पहाडी, निशा अधिकारी, भोला सापकोटा, अभय बराल, आकाश पल, प्रमोद अग्रहरी, कमल गाँउले सदभाव थापा लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

'कुम्भकरण' लाई बिजय श्रेष्ठ, गिर प्रसाद घर्तीमगर, चित्र बहादुर घर्तीमगर र क्षतीज बस्नेतको लगानी रहेको सिनेमाका कार्यकारी निर्माता रोम ओली र चुपनिधि रिजाल अरुण हुन । सिनेमालाई दीपक ओलीले निर्देशन गरेका हुन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?