कांग्रेससँग तालमेल गर्ने समझदारी बनिसक्यो- प्रचण्ड

चितवन- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो निर्वाचनमा नेपाली कांग्रेससँग तालमेल गर्न केन्द्रीय तहमा समझदारी बनिसकेको बताएका छन्।

शुक्रबार चितवनको माडीमा कार्यकर्ता प्रशिक्षणमा बोल्दै प्रचण्डले आउँदो निर्वाचनमा नेकपा (एमाले)को पकड देखिएको ठाउँमा नेपाली कांग्रेससँग गठबन्धन हुने बताएका हुन् । अरू दललाई पनि गठबन्धनमा ल्याउन पहल भइरहेको उनले जानकारी दिए ।

अहिलेको सत्तारूढ गठबन्धनमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई पनि ल्याउने प्रयास भइरहेको उनले बताए । उनले आउँदो चुनावमा माओवादी, एकीकृत समाजवादी, जसपा र मोहनविक्रम सिंहबीच गठबन्धन गरेरै जाने आधार र प्रतिबद्धता बनिसकेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?