१५ चैत्र २०७९, बुधबार

यो को कांग्रेसको आलोचना गर्ने नयाँ कांग्रेस

२०७४,आश्विन,२४,मंगलवार ०८:२५

0
Shares

काठमाडौं, २४ असोज–नेपाली कांग्रेस (वी.पी.) ले आगामी प्रदेश र संघीय संसदको निर्वाचनमा ७७ जिल्लाका १६५ क्षेत्र र ३३० प्रदेश क्षेत्रमा उम्मेद्वारी दिने निर्णय गरेको छ ।सो पार्टीले एक विज्ञप्ति जारी गर्दै प्रजातान्त्रिक इतिहास बोकेको वी.पी.कोइरालाले स्थापना गरेको पार्टी नेपाली काँग्रेसमा अराजकता, व्यक्तिवाद,चाकडीवाद, परिवारवाद र भ्रष्टाचारले गर्दा नेपाल झन गरिव हुदैँ गइरहेको भन्दै कांग्रेसको आलोचना गरिएको छ ।प्रजातन्त्रको आन्दोलनको अग्रस्थानमा रहेको नेपाली काँग्रेस भित्र वलिदान गरेका योग्य र दक्ष कार्यकर्तालाइ पाखा पारिएको धन,गन,र डनका आधारमा पार्टीलाई अगाडि बढाइरहेको ,पार्टी कम्युनिस्टहरुको एजेण्डामा बगेकोले जनतामा प्रजातान्त्रिक नेताहरु प्रति अनाकर्षण बढेकाले सो का लागी पार्टीलाई झन बलियो बनाउन वी.पी.बिचारको विकास अवको राष्ट्रिय निकासको मन्त्रमा प्रजातान्त्रिक समाजवादलाई स्थापित गर्न नेपाली काँग्रेस (वि.पी) गठन गरी अगाडि बढिएको विज्ञप्तिमा उल्लेख छ ।राष्ट्रिय उन्नति,राष्ट्रियताको संरक्षण, राष्ट्रिय धर्म संस्कृति परम्पराको रक्षा र आधुनिक समृद्दिका लागि पार्टीको स्थापना भएको कार्यबहाक सभापति झलक नाथ वाग्लेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२४,मंगलवार ०८:२५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बसेको छ । आज बसेको गठबन्धनको बैठकमा मन्त्रिमण्डल विस्तारमा भागबण्डा नमिलेपछि त्यसलगत्तै एसको

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाह जनमत पार्टीमा प्रवेश गरेका छन् । बुधबार पूर्वमन्त्री समेत रहेका कुशवाहलाई जनमतका

काठमाडौं । १० दलीय गठबन्धनको बैठक आज पनि निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तारको

काठमाडौं । मिटरब्याज पीडितहरुको आन्दोलनमा विवेकशील साझा पार्टीले ऐक्यबद्धता जनाएको छ । बुधबार अध्यक्ष समिक्षा बास्कोटाले विज्ञप्ति जारी गर्दै पीडितहरुलाई

ताजा समाचार

बैतडीमा १८ खेलाडी बन्द प्रशिक्षणमा
 २०७९,चैत्र,१५,बुधबार १२:१२