धादिङमा सवारी दुर्घटना, सुरुङमार्गमा काम गर्ने कामदारको मृत्यु

काठमाडौं- धादिङको धुनिबेसी नगरपालिका–९ मा ट्रकको ठक्करबाट सुरुङमार्गमा काम गर्ने कामदारको मृत्यु भएको छ।

सुरुङमार्गमा काम गर्ने धुनिबेसी नगरपालिका–९, कानकोटका २९ वर्षीय ओमकृष्ण पाण्डेको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा मृत्यु भएको जनाइएको छ ।

सुरुङमार्गमा हिजो बेलुका करिब सवा ८ बजे भारतीय नम्बरको ड्रम ट्रकले उनलाई ठक्कर दिएको थियो ।

ट्रक चालक फरार छन् । उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?