एमाले केन्द्रीय कमिटी बैठक बस्दै, यी हुन् एजेण्डा

काठमाडौँ-  नेकपा एमालेको केन्द्रीय कार्यसमिति बैठक आज (शुक्रबार) बस्दैछ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल अमात्य स्मृति भवनमा बिहान ११ बजेपछि बस्ने बैठकले बिहीबारको स्थायी कमिटी बैठकका निर्णय अनुमोदन गर्ने  भएको छ । बिहीबारको स्थायी कमिटी बैठकले महाधिवेशन प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तयार गरेको थियो। एमालेले देशभरका सात लाख २१ हजार पार्टी सदस्यबाट १०औं महाधिवेशनका लागि १५ सय ३६ प्रतिनिधि चयन गर्ने भएको छ।

एमालेमा केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग र केन्द्रीय सल्लाहकार कमिटीका निश्चित सदस्य गरी २६२ जना पदेन प्रतिनिधिको व्यवस्था छ। पदेन बाहेक भूगोलबाट एक हजार १९६ प्रतिनिधि चयन गरिने छन्। विधानमा प्रतिनिधि सङ्ख्याको पाँच प्रतिशत मनोनयन गर्न पाउने व्यवस्था छ।

प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार आजको बैठकले वडा अधिवेशन र पालिका अधिवेशनको समीक्षा पनि गर्ने छ भने १०औं राष्ट्रिय महाधिवेशनको बारेमा समेत थप छलफल गर्ने हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?