एमाले केन्द्रीय कमिटी बैठक बस्दै

लोकपथ
84
Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी वैठक आज बस्दैछ ।

बैठक बिहान ११ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्नेगरी बोलाइएको छ ।

केन्द्रीय कमिटीले बिहीवार सम्पन्न स्थायी कमिटी बैठकका निर्णयहरु अनुमोदन गर्ने जनाइएको छ ।

स्थायी कमिटी बैठकले महाधिवेशन प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तयार पारेको थियो । सोही मापदण्डलाई केन्द्रीय कमिटी बैठकबाट अनुमोदन गराइने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?