काठमाडौं । छिमेकी राष्ट्र भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि करीव पाँचहजार सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।
प्रधानमन्त्री केपि शर्मा ओलीको औपचारिक निमन्त्रणमा भारतीय प्रधानमन्त्री मोदी यही २८ गते शुक्रवार दुई दिने भ्रमणका लागि नेपाल आउदै छन् ।
मोदीको जनकपुरमा नागरिक अभिनन्दन गर्ने क्रममा रहेको छ । गृह मन्त्रालयका अनुसार, प्रधानमन्त्री मोदी भारतबाट सिधै काठमाडौं आउनी कि जनकपुर आउने विषयमा आधिकारिक सूचना प्राप्त हुन सकेको छैन ।
तर, मोदीको सुरक्षाका लागि काठमाडौं, जनकपुर र जोमसोम मुक्तीनाथमा भने उच्चसुरक्षा सतर्कता अपनाइएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए ।
महानगरीय प्रहरी कार्यालयले छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री मोदीको सुरक्षाका लागि काठमाडौं उपत्यकामा दुई दिने विशेष सुरक्षा योजना नै तयार पारेको छ ।
सो सुरक्षा योजना अनुसार, अधिकृतदेखि जवानसम्म प्रत्यक्ष र अप्रत्यक्ष रुपमा पाँचहजार सुरक्षाकर्मी खटिने छन् ।
सरकारले भारतीय प्रधानमन्त्री मोदीको वासस्थानको रुपमा बौद्ध जोरपाटीस्थित होटल हायातमा ब्यवस्था गरेको छ । गृह मन्त्रालय स्रोतका अनुसार, प्रधानमन्त्री मोदी भारतबाट सिधै काठमाडौं आउने र त्यसपछिमात्र जनकपुर जाने छन् ।
तर, भारतीय पक्षले भने आन्तरिक सुरक्षाको कारण देखाउदै प्रधानमन्त्री मोदी भारतबाट सिधै काठमाडौं वा जनकपुर कता जाने भन्ने विषयमा २७ गते विहीवारमात्र टुङ्गो लगाउने जनाएको छ ।
जनकपुरमा मोदीको नागरिक अभिनन्दन कार्यक्रम रहेकाले जनकपुरक्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाएइएको छ । करीव जनकपुरमा मोदीको अभिनन्दन कार्यक्रम करीव एकघण्टाको हुने अनमान गरिएको छ ।
त्यस्तै, सोही साँझ समकक्षी प्रधानमन्त्री केपि ओलीसंग शिष्टारचार भेटवार्ता गर्नुका साथै दुई देशको हितका विषयमा गम्भीर विषयमा छलफल हुने छ । तर, छलफलका विषयहरु भने सार्वजनिक गरिएको छैन ।
शनिवार २९ गते मोदीले राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रतिपक्ष दल एवं काँग्रेस सभापति शेरबहादुर देउवा लगायत विभिन्न पार्टीका नेताहरुसंग भेटवार्ता गर्ने छन् ।
सोही दिन धार्मिक भ्रमण कार्यक्रम अन्तरगत मुक्तिनाथ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । मोदी सोही साँझ भारत प्रस्थान गर्ने छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया