एजेन्सी: कसलाई थाहा थियो र करोडौं माइल टाढा रहेका ग्रहहरूबीच टकराव छ र त्यो टकरावले यहाँ पृथ्वीको मौसम एवं जलवायुको संरचनागत प्रणालीलाई बदलिरहेको छ ! यो टकरावले पृथ्वीको माैसममात्र होर्इन, यहाँका जीव जन्तुकाे अाकार समेत परिवर्तन गरिरहेको अनुसन्धानले देखाएको छ ।
सोमबार प्रकाशित एक नयाँ अध्ययनअनुसार हरेक ४ लाख ५ हजार वर्ष पछि बृहस्पति (जुपिटर) र शुक्र ( भेनस) ग्रहबीचको गुरूत्वाकर्षण तानातानले पृथ्वीको जलवायु र जीवन स्वरूपमा क्रमिक प्रभाव पार्छ ।
तथ्यका आधारमा कम्तीमा २१ करोड ५० लाख वर्षदेखि यो प्रणाली चलिरहेको छ र यसले वैज्ञानिकहरूलाई डायानासोरको विस्तार जस्ता जैविक घटनाहरूको तिथिलाई ठोस पार्न सहयोग गर्छ ।
“हरेक ४लाख ५ हजार वर्षमा हुने परिवर्तनको यो चक्रबाट जलवायु, वातावरण, डायनासोर, स्तनपायी र जीवाशेषहरूमा भइरहने परिवर्तनका समबन्धहरूको अझ बढी ठोसरूपमा अध्ययन गर्न वैज्ञानिकहरू अब सक्षम हुन्छन् ।” कोलम्बिया युनिभर्सिटीको ल्यामन्ट डोहर्टी अर्थ अब्जरभेटरी र रुटगर्स युनिभर्सिटीका अध्ययनकर्ता तथा यो अध्ययनका अगुवा लेखक डेनिस केन्टले भने ।
वैज्ञानिकहरूका अनुसार यो परिवर्तनको चक्र डायनासोरको उदयभन्दा अघि देखि अहिलेसम्म चलिरहेको छ । पृथ्वीको चुम्बकीय क्षेत्रको अध्ययन गर्ने वैज्ञानिक केन्टले भने “ जलवायु चक्रहरू प्रत्यक्षरूपमा पृथ्वीले सूर्यलाई परिक्रमा गर्छ र सूर्यका किरणको विचलन र आगमनमा भरपर्छ जसले जलवायु र पर्यावरणको परिवर्तनलाई निर्देश गर्छ ।”

सौर्य परिवारका बृहस्पति र शुक्र यस्ता बलिया प्रभावशाली ग्रहहरू हुन् । शुक्र पृथ्वीको निकटतम ग्रह हो । सौय परिवारको सबै भन्दा ठूलो ग्रह बृहस्पति धेरै टाढा छ ।
यी दुई ग्रहका कक्षहरूबीच हुने गुरूत्वाकर्षण तानातानले हरेक ४ लाख ५ हजार वर्षमा पृथ्वीको मौसममा परिवर्तन हुन जान्छ । गर्मीको मौसम अझ बढी गर्मी , चीसो अझ बढी चीसो, सुख्खा अझ बढी सुख्खा र आद्र अझ बढी आद्र भएर पृथ्वीमा हुन जान्छ ।
चक्रको उच्च तहमा धेरै वर्ष हुन्छ र तालहरू भरेर जान्छ । अध्ययनको परिणामले यो ४लाख ५ हजार वर्षको चक्र सर्वाधिक नियमित प्याटर्न हो । यसले हरेक वर्ष पृथ्वीलाई फर्काइदिन्छ ।
अहिले हामी यो चक्रको मध्यमा र्छौ । यो चक्र यसअघि करिब २ लाख वर्ष अघि सम्पन्न भएको थियो । यो अध्ययन प्रोसिडिंग अफ द नेशनल एकडेमी अफ साइन्समा प्रकाशित छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया