काठमाडौं । नेपाली कांग्रेसले आगामी १४ औँ महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक गरेको छ ।
बुधबार बसेको नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको प्रस्तावको आधारमा बिहीबार महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक गरेको हो ।
जसअनुसार बाँकी १२ जिल्लामा आगामी कार्तिक २७ गतेदेखि वडा अधिवेशन हुनेछ । जसमा सिन्धुपाल्चोक, डोल्पा, बाँके, कैलाली, सुर्खेत, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा र पर्सा लगायतका जिल्लाहरुमा कार्तिक २७ गतेबाट वडा अधिवेशन सुरु हुनेछ । त्यस्तै कार्तिक ३० गते गाउँ÷नगर, मंसिर ३ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन, कार्तिक ६ गते प्रतिनिधि क्षेत्रीय अधिवेशन हुनेछ । भने मंसिर १० गते १ भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लाहरुमा जिल्ला अधिवेशन हुनेछ । तर एकमात्र प्रतिनिधि सभा भएको जिल्लामा भने मंसिर ६ गते नै जिल्ला अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ । ्
निर्वाचन समितिका अनुसार सबै जिल्लाको वडा, पालिका, क्षेत्रीय र जिल्ला अधिवेशन पश्चात केन्द्रीय महाधिवेशन भने मंसिर २४, २५ र २६ गते काठमाडौंमा हुनेछ ।
यसअघि कांग्रेसको १४ औँ महाधिवेशन मंसिर ९ गतेदेखि १३ गतेसम्मका लागि तोकिएको थियो । तर क्रियाशील सदस्यता विवाद लगायत कारणले निर्वाचन समितिले महाधिवेशनको मिति सार्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया