सरकारले गर्‍यो संसद अधिवेशन अन्त्यको सिफारिस

लोकपथ
189
Shares

काठमाडौं । सरकारले संसद अधिवेशन अन्त्यको सिफारिस गरेको छ ।

आज बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय बैठकमा उपस्थित एक मन्त्रीले लोकपथलाई जानकारी दिए ।

ती मन्त्रीका अनुसार भोलि (शुक्रबार) राती १२ बजेदेखि लागू हुने उक्त सिफारिस गरिएको हो ।

‘भोलि (शुक्रबार) राती १२ बजेदेखि लागू हुनेगरी संसद अधिवेशन अन्त्यको सिफारिस गरिएको छ ।’ ती मन्त्रीले लोकपथसँग भने ।

गत भदौ २३ गतेदेखि सुरु भएको चालू अधिवेशनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरिरहेको छ । अवरोधकैबीच बिहीबार (आज) पनि बैठक बसेको थियो । आजको बैठकले आगामी कार्तिक २९ गतेसम्मका लागि बैठक स्थगित गर्ने निर्णय गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?