स्वास्थ्य र बालबालिका खर्च कटौती गर्ने ट्रम्पको प्रस्ताव

एजेन्सी :अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी कांग्रेसलाई यसअघि अनुमोदन गरिसकिएको १५ अर्ब बराबरको खर्च कटौती गर्ने प्रस्ताव पठाउन लागेका छन् ।

यो खर्च बालबालिकाको स्वास्थ्य बिमा सम्बन्धी कार्यक्रम समेत गरी यसअघिको सरकारले अनुमोदन गरेको थियो ।

अर्को खर्च ८० करोड अमेरिकी डलर बराबरको रहेको छ । यो खर्च सन् २०१०को अफर्डेबल केयर एक्ट अन्तर्गतको खर्च हो । खर्च कटौतीको यो प्रस्तावलाई अमेरिकी कंग्रेस ४५ दिन भित्र मतदान गरी पठाउनुपर्ने हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?