बिहीबार कोरोना संक्रमणबाट २ जनाको मृत्यु, संक्रमित कति थपिए ? (विवरणसहित)

लोकपथ
429
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बितेको पछिल्लो घण्टामा ११ हजार ३५५ जनाको नमुना परीक्षण गर्दा ५९१ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार ८ हजार ८ सय ४८ जनाको पीसीआर परीक्षणमा ५ सय २७ जना र २ हजार ५ सय ७ जनाको एन्टीजेन परीक्षण गर्दा ६४ जनामा संक्रमण पुष्टि भएको हो ।

सो अवधिमा ६६४ जना संक्रमणमुक्त भएका छन् भने थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ७ लाख ८९ हजार ७८९ जना पुगेको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय ८२ पुगेको छ ।

हाल नेपालमा १० हजार २ सय ३६ जना कोरोनाका बिरामी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?