जनपद प्रहरीका १६ एसएसपीलार्इ डीअार्इजीमा बढुवा गर्न सिफारिस (नामसहित)

काठमाडाैं:  गृहमन्त्रालयले जनपद प्रहरीका १६ जना एसएसपीलार्इ डीअार्इजीमा बढुवाका लागि सिफारिस गरेको छ ।

मन्त्रालयअन्तगर्तको बढुवा सिफारिस समितिले प्रहरी नियमावली (संशोधित), २०७१ को नियम २७ को उपनियम ४ बमोजिम बढुवा सिफारिस गरेको हो । 

बढुवाका लागि सिफारिस गरिएको सूचीमा एसएसपी केदार रिजाल १ नम्बरमा छन् । यस्तै, शेरबहादुर बस्ने, पिताम्बर अधिकारी, दीपक कुमार थापा र दिनेश अमात्यलगायतलार्इ पनि बढुवाका लागि सिफारिस गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?