रेलमाथि भारतको नाङ्गो हस्तक्षेप, यसरी थप्यो अड्को

काठमाडौं – नेपालमा निर्माण अघि बढ्न लागेको आयोजनामा हस्तक्षेप गरी पूरा हुन नदिने भारतको पुरानै नीति हो ।

नेपाल सरकारले वीरगन्ज-काठमाडौं रेलमार्ग निर्माणको लागि दक्षिण कोरियाली कम्पनीलाई छनौट गरेपछि भारतले उपहारस्वरुप काठमाडौं-रक्सौल रेलमार्ग निर्माणको प्रस्ताव अघि सारेर उक्त आयोजनामाथि ओभरल्यापको प्रयास गरेको आजको दृष्टि साप्ताहिकमा खबर छ  ।

सूत्रका अनुसार नेपाली अधिकारीहरुले सम्भाव्यता अध्ययन नेपालले नै गरेर आयोजना निर्माणको लागि मात्रै भारतलाई  दिने प्रस्ताव भारतले अस्वीकार गरेका कारण यसअघि भित्राइएको दक्षिण कोरियाली कम्पनीलाई फर्काउने तयारी भइरहेको छ ।

भारतले दक्षिण कोरियाली कम्पनीलाई कुनै पनि हालतमा फर्काउनुपर्ने शर्त पूर्वाधार योजना मन्त्रालयमार्फत अघि बढाएपछि अधिकारीहरु अन्यौलमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?