नवनियुक्त मुख्यमन्त्री पाण्डेले लिए शपथ

लोकपथ
455
Shares

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आजै मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्री पाण्डेले प्रदेश प्रमुख यादवकुमार शर्मासमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् ।

बुधबार मुख्यमन्त्रीबाट अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि प्रदेशप्रमुखले बहुमतसहित नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । यसो पाण्डेले बुधबार नै ५९ सांसदको समर्थनसहित मुख्यमन्त्रीको दाबी गरेका थिए ।

नवनियुक्त मुख्यमन्त्री पाण्डेले आज नै सानो आकारको मन्त्रीमण्डल विस्तार गर्ने बताइएको छ । पाण्डेलाई उनको दल एकीकृत समाजवादीसहित नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?