काठमाडौँ- सुन, सुन्दरी र मोजमस्ती । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका अर्को पाटो हो यो । तस्करीमा संलग्नहरुले फुर्सदको क्षण रसरमाईलोमा विताउने गरेको प्रहरीले तयार पारेको अभियोगपत्रमा प्रस्ट हुन्छ ।
भागबन्डामा परेको रकमलाई उनीहरुले भोगविलासपूर्ण जीवनशैलीमा खर्चेको देखिन्छ ।
आजको कान्तिपुर दैनिक लेख्छ-त्यतिधेरै परिणाममा हराएको सुनको खोजी गर्ने क्रममा समेत पूर्वका प्रतिष्ठित होटलदेखि हत्यास्थल मोरङ, उर्लावारीको जंगलसम्म तस्करहरुले भोज गर्न भ्याएका रहेछन् ।
'दुई वर्षअघि वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी श्यामबहादुर खत्रीले केटीहरुसँग गोप्य कुराकानी गर्न कुनमा ठिक हुन्छ भनेर सोध्दा भाईबर फेसबकुभन्दा अहिे निस्को डिङ टोन एप्लिकेसन धेरै सुरक्षित हुने सुझाएको थिएँ' नायव निरीक्षक सई गजेन्द्र रावलले बयान क्रममा भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया