लगातार पाँचौँ दिन पनि बढ्यो सेयर बजार

लोकपथ
351
Shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (बिहीबार) पनि सेयर बजार बढेको छ । आज पनि सेयर बजार दोहोरो अंकले बढेको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार यस दिन सेयर बजार कारोबार मापक नेप्से परिसूचक १३.०४ अंकले बढेर २७८२.१६ बिन्दुमा पुगेको हो । आज नेप्से ०.४७ प्रतिशतले बढेको हो ।

यता ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ४.४२ अंकले बढेर ५२० .९८ बिन्दुमा पुगेको छ ।

यस दिन २२२ वटा कम्पनीको ९२ लाख ३६ हजार ६१३ कित्ता सेयर खरिदबिक्री भएको छ । बुधबारको तुलनामा आज कम सेयर कारोबार हुँदा कारोबार रकम पनि ५ अर्बमा खुम्चिएको छ । आज ५ अर्ब ३९ करोड ५२ लाख ६८ हजार ६२८ रुपैयाँको कारोबार भएको छ ।

कुल १३ उपसमूहमा ७ वटा समूहको सेयरमूल्य बढेको छ, भने बाँकी ६ वटा समूहको सेयरमूल्य घटेको छ ।

आज रिडी हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर बढेर ७९७ रुपैयाँ ५० पैसा पुगेको छ ।

त्यसैगरी, मैलुङ खोला हाइड्रोपावर कम्पनी र हिमालयन पावर पार्टनर कम्पनीका लगानीकर्ताले पनि सर्वाधिक नाफा कमाएका छन् ।

बिहीबार कारोबार रकमको आधारमा नेशनल हाइड्रोपावरले सर्वाधिक कारोबार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?