काठमाडौँ- तेस्रोपटक नेपाल भ्रमणमा आउने तयारीमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यसपटक पोखरामा बास बस्ने योजनामा थिए । तर, नेपाली पक्षको जोडबलका कारण उनको त्यो रहर अपुरो रहने भएको छ।
छिनछिनमा परिवर्तन भइरहने मौसम र पोखराको सुरक्षा प्रबन्धबारे नेपालले अडान लिएपछि पोखरामा बास बस्ने मोदीको योजना हेरफेर भएको हो। ‘भारतीय पक्षले बास बस्नका लागि पोखरा प्रस्ताव गरेको थियो, सायद मोदीकै इच्छाअनुसार त्यस्तो प्रस्ताव आएको हुनुपर्छ।’ –परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने।
नेपालले व्यावहारिक पक्षबारे भारतीय पक्षलाई प्रस्ट्याएपछि मोदी काठमाडौंको बौद्धस्थित हायात होटलमा बास बस्दै छन् । आगामी शुक्रबार भारतको विहार हुँदै सोझै जनकपुर पुग्ने मोदी त्यहाँको धार्मिक र अन्य कार्यक्रममा सहभागी भएर काठमाडौं आउने र फेरि साँझ पोखरा पुग्ने भारतले प्रस्ताव गरेको थियो।
भारतीय प्रधानमन्त्री मोदी पोखरा बस्ने योजनाबारे जिज्ञाशा राख्दा परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले त्यसबारे आफूले कुनै जानकारी नपाएको बताए । ‘मैले त्यस्तो खबर सुनेको छैन, अनौपचारिक गतिविधिबारे म ‘अपडेट’ हुन पाएको छैन।’ –उनले भने । मोदी आगामी शुक्रबार भारतको विहारस्थित पटना विमानस्थल हुँदै जनकपुर पुग्नेछन् । पटना विमानस्थलसम्म भारतीय एयर फोर्सको विशेष विमान र त्यहाँबाट भारतीय सैन्य हेलिकोप्टरबाट उनी सोझै जनकपुर पुग्ने कार्यतालिका तय भएको छ।आजको नेपाल समाचारपत्रमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया