चैत मसान्तभित्र सबै नागरिकलाई कोरोना खोप लगाउने व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

लोकपथ
56
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चैत मसान्तभित्र सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको कोभिड(१९ संकट व्यवस्थापन समन्वय केन्द्रको बैठकमा प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रण र खोप वितरणलाई प्रधावनकारी बनाउन समेत निर्देशन दिएका हुन् ।

आगामी चैत मसान्तभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने सरकारको लक्ष्य भएको बताउँदै प्रधानमन्त्री देउवाले त्यस्तो निर्देशन दिएको प्रधानमन्त्री कार्यालयका सचिव महेश्वर न्यौपानेले जानकारी दिए ।

उनका अनुसार कोरोना खोपको कमि हुन नदिन समेत देउवाले सम्बन्धित निकायलाई निर्देशन दिएको उनको भनाइ रहेको छ ।

सरकारले नेपालमा कोरोना रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउनका लागि विभिन्न देशहरुसँग खोपका लागि सम्झौता समेत गरेको छ । बुधबार मात्रै नेपालमा छिमेकी राष्ट्र चीनबाट थप १० लाख डोज कोरोनाविरुद्धको भेरोसेल खोप आइसकेको छ । भने सम्झौता अनुसार ४९ लाख डोज कोरोनाविरुद्धको खोप आउन बाँकी छ । त्यसैगरी अमेरिका, क्यानडा तथा माल्दिभ्सबाट समेत कोरोनाविरुद्धको खोप ल्याउन सम्झौता भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?