जापानले बनायो उड्ने मोटरसाइकल : कति पर्छ मूल्य ?

लोकपथ
2.5k
Shares

काठमाडौं । जापानमा एउटा स्टार्टअप कम्पनीले आकाशमा उड्ने मोटरसाइकल निर्माण गरेको छ ।

त्यस मोटरसाइकलको मूल्य ६ लाख ८० हजार डलर अर्थात् झन्डै ८ करोड १६ लाख नेपाली रुपैयाँ राखिएको छ । होभरबाइक नाम दिइएको उक्त मोटरसाइकल किन्न पहिला नै अर्डर गर्नुपर्छ ।

निर्माता एएलआई टेक्नोलजीजले मानिसहरूले कार छोडेर आफ्नो उत्पादन प्रयोग गर्ने अपेक्षा गरेको बताएको छ। होभरबाइकको एक्सटुरिज्मो लिमिटेड इडिशन बुधबारदेखि जापानी बजारमा उपलब्ध भएको हो । इलेक्ट्रोनिक्स कम्पनी मित्सुबिशी र चर्चित फुटबल खेलाडी केइसुके होन्डा टोक्योस्थित उक्त कम्पनीका लगानीकर्ता हुन् ।

एकचोटि चार्ज गरेपछि यो होभरबाइक १०० किलोमिटर प्रतिघण्टाको गतिमा ४० मिनेटसम्म उड्न सक्ने एएलआई टेक्नोलजीजले जनाएको छ । साथै आगामी वर्षको मध्यसम्ममा एक जना चढ्न मिल्ने ३०० केजी तौल भएका २०० वटा होभरबाइक उत्पादन गर्ने निर्माता कम्पनीको लक्ष्य छ । प्रत्येक होभरबाइकमा एउटा परम्परागत इन्जिन र ब्याटरीजडित चारवटा मोटरहरू छन् ।

‘अहिलेसम्म जमिनमा र आकाशमा यात्रा गर्न सिमित विकल्प मात्र थिए । अब हामी यात्राका लागि एउटा नयाँ विधि दिन चाहन्छौँ ’, एएलआई टेक्नोलजीजका प्रमुख कार्यकारी दाइसुके कातानोले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?