तेह्रथुम पावरको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति पायो ?

लोकपथ
416
Shares

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ ।

कम्पनीको ४० लाख कित्ता आईपीओ आज (बिहीबार) सूचीकृत भएको हो । कम्पनीले पहिलो कारोबारको लागि ८४.७४ रुपैयाँदेखि अधिकतम २५४.२२ रुपैयाँसम्मको ओपनिङ्ग रेन्ज प्राप्त गरेको छ । नेप्सेले कम्पनीलाई टीपीसी (TPC) सिम्बोल प्रदान गरेको छ । कम्पनीले आइतबारबाट धितोपत्र दोस्रो बजारमा कारोबार सुरु गर्नेछ ।

कम्पनीले भदौ ९ गते, बुधबारबाट सर्वसाधारणहरुका लागि जारी पूँजीको २० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ बिक्री गरेको थियो । जसमध्ये ५% अर्थात् ४० हजार कित्ता म्युचुअल फन्डलाई, २% अर्थात् १६ हजार कित्ता कर्मचारीहरूलाई सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई छुट्याइएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?