उत्तर कोरियाले भोकमरीबाट ग्रस्त भएका आफ्ना नागरिकहरूलाई केही वर्ष खानेकुरा थोरै खान भनेको छ ।
कोरोना भाइरसको सङ्क्रमण फैलने भयले उत्तर कोरियाले चीनसँगको सीमा नाका सिनो–कोरिया क्षेत्र बन्द गरेको छ । यो नाका सन् २०२५ भन्दा अगाडी सम्म बन्द गर्ने घोषणा गरेको थियो । सिमानाका बन्द भएपछि त्यहाँको व्यापार व्यवसाय चौपट भएको छ । जसको कारण उत्तरको कोरियाका २ करोड ५० लाख मानिसहरू खाद्यान्नबाट विशेष रूपमा प्रभावित भएका छन् । सीमा नाका बन्द भएको कारण भोकमरीका कारण केही व्यक्तिहरूको मृत्यु भएको छ भने धेरै व्यक्तिहरू खाद्यान्नबाट प्रभावित भएको रेडियो फ्री एसियाले जनाएको छ ।
अहिले उत्तर कोरियामा खाद्यान्नको अनिकाल नै देखिएको छ । खानेकुराको सङ्कटकाल भएको कारण मानिसहरू खानेकुरा पाउन सङ्घर्ष गरिरहेका छन् । जसको कारण सरकारी अधिकारीहरूले सन् २०२५ सम्म मानिसहरूलाई कम खान र खानेकुरा कम सङ्कलन गर्न भनिरहेका छन् । अधिकारीहरूले यसो भने पनि उनीहरू कम खाएर भए पनि बस्ने अवस्थामा नरहेको स्थानीयले बताएको रेडियो फ्री एसियाले जनाएको छ ।
उत्तर कोरियामा बढ्दै गएको भोकमरी र अनिकालकै अवस्थामा केही समय अगाडी देखा पारेका शासक किम जङ वनलाई दुब्लो पातलो अवस्थामा देखाइएको थियो । उत्तर कोरियामा भोकमरीको अवस्था बढ्नुमा उनले अमेरिका लगायत संयुक्त राष्ट्र सङ्घले लगाएको नाकाबन्दीलाई मुख्य कारण मानेका छन् । यो बाहेक कोरोना सङ्क्रमणको महामारी र प्राकृतिक प्रकोपले गर्दा पनि उत्तर कोरियालाई जर्जर बनाएको बताइएको छ ।
संयुक्त राष्ट्र सङ्घको खाद्य कार्यक्रम अनुसार अहिले उत्तर कोरियालाई ८ लाख ६० हजार टन खाद्यान्नको आवश्यकता रहेको छ । यो खाद्यान्नले उत्तर कोरियालाई २ महिनासम्मलाई मात्र पुग्ने बताइएको छ ।
उत्तर कोरियाको अहिले व्यापारिक कारोबार चीनसँग मात्र हुने गरेको छ । हालै कोभिडको सङ्क्रमण कम भएको अवस्थामा २ करोड २५ लाख डलरको मात्र व्यापार चीनसँग भएको थियो । सन् २०१९ मा यो व्यापार २१ करोड ९० लाख डलरको भएको थियो । यो हिसाबले हेर्दा चीनसँगको उत्तर कोरियाको व्यापार अहिले नगण्य मात्रामा भइरहेको सङ्केत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया