मोदीले नेपाल भ्रमण गर्ने भएपछि मन्त्रिपरिषद बैठकमा लामो छलफल, के भयो निर्णय ?

काठमाडौं–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको  नेपाल भ्रमणबारे मन्त्रिपरिषद् बैठकमा लामो छलफल भएको छ ।

बैठकले मोदीको भ्रमण  कार्यतालिका  स्वीकृत गरेको छ ।   सोमबार अबेर सम्पन्न मन्त्रिपरिषदको बैठकले मोदीको दुई दिने नेपाल भ्रमण कार्यतालिका स्वीकृत गरेको सूचना तथा सञ्चार राज्यमन्त्री

गोकुल बास्कोटाले जानकारी दिए । मोदीले आगामी बैशाख २८ र २९ गते नेपालको राजकीय भ्रमण गर्दैछन् ।

यस्तै बैठकले कारागारसम्बन्धी प्रचलित कानुनलाई संशोधन  र एकीकृत गर्ने विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति समेत दिएको  उनले बताए ।

यस्तै विदेशी रोजगारदाता कम्पनीहरुले नेपाली  श्रमिकहरु माग्दा सम्बन्धित देशमा रहेका  नेपाली निगोगबाट प्रमाणित भएर आउनुपर्ने  निर्णय पनि गरेको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?