प्रधानन्यायाधीशबारे सत्ता गठबन्धनमा छलफल भएको छ ? यसो भन्छन् माधव नेपाल

लोकपथ
203
Shares

धनगढी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग लगाउनेबारे सत्ता गठबन्धनमा अहिलेसम्म कुनै छलफल नभएको बताएका छन् ।

जबराको राजीनामा मागसँगै महाभियोग लगाउनुपर्ने आवाज उठिरहेका बेला पूर्वप्रधानमन्त्री समेत रहेका सत्ता साझेदार एक पार्टीका अध्यक्ष नेपालले बिहीबार बिहान धनगढीमा पत्रकारहरूसँग यस्तो बताएका हुन् ।

उनले भने, ‘हामीले महाभियोगबारे छलफल पनि गरेका छैनौँ, म बाहिरको बाहिर छु । हाम्रो पाँच दलको बैठक पनि बसेको छैन ।’

केही दिनअघि मात्र एमाले अध्यक्ष केपी ओलीले प्रतिनिधिसभा पुनर्स्थापना फैसला गर्ने सबै न्यायाधीशको राजीनामा माग गरेका थिए । तर, नेपालले उक्त विषय नाजायज र अनुचित भएको बताए । ओलीको अभिव्यक्ति प्रणालीलाई भत्काउने प्रवृत्तिको उपज भएको नेपालको जिकिर छ ।

मन्त्रिषपरिषदमा भागबण्डा खोजेको भन्दै प्रधानन्यायाधीश जबराविरुद्ध चर्को आवाज उठेको छ। सर्वोच्चकै न्यायाधीशले बेन्च बहिस्कार गरेर उनको राजीनामा मागिरहेका छन् भने नेपाल बार एसोसियन पनि उनीविरुद्ध आन्दोलनमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?