प्रतिनिधिसभाको बैठक आज बस्दै, दलित आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची

लोकपथ
78
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।

बैठक दिउँसो २ बजे बोलाइएको संघीय संसद सचिवालयले जनाएको

आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आव २०७७,७८ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा(एमाले)ले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको र एमाले फुटाउन सहयोग पुर्‍याएको भन्दै अवरोध गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?