बागमतीमा आज राजेन्द्र पाण्डे मुख्यमन्त्री नियुक्त हुँदै

लोकपथ
104
Shares

काठमाडौं । बागमती प्रदेशमा आज नेकपा (एकीकृत समाजवादी) पार्टीका संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री नियुक्त हुँदै छन् ।

नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जसपाको गठबन्धनको तर्फबाट पाण्डे मुख्यमन्त्री नियुक्त हुन लागेका हुन् ।

बुधबार मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएसँगै पाण्डेले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

पाण्डेले आजै सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?