घरमा घुसेर चोरी गर्ने पक्राउ

राजविराज । सप्तरीको राजविराज नगरपालिका–७ की शान्तिदेवी राउतको घरमा चोरी गर्ने दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरी आज सार्वननिक गरेको छ । 

राजविराजस्थित जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा सप्तरीको तिलाठी कोइलाठी गाउँपालिका– ८ का नवल मण्डल र अर्जुन मण्डललाई राउतको घरमा चोरी गरी फरार रहेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । राउतको घरमा पशु फर्म खोली बसेका उनीहरुलाई रु एक लाख सत्र हजार चोरी गरेको आरोप छ । 

यसैबीच हनुमाननगर–राजविराज सडकखण्डअन्तर्गतको राजविराजबाट लागुऔषधसहित स्थानीयवासी अरुण साहलाई पक्राउ गरिएको छ । अभियुक्तका साथबाट २६ थान फेनारगन, २ एमएलको २२ थान डाइजाल्याब र २ एमएलको २५ थान लुपिजेसिक बरामद गरिएको प्रहरीले जनाएको छ ।

विद्युत चोरी गर्नेमाथि कारवाही 

जिल्लामा भइरहेको विद्युत् चुहावट नियन्त्रण गर्ने अभियानअन्र्तगत सप्तरीमा ३२ जनालाई पक्राउ गरी कारबाही गरिएको छ । 

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजका अनुसार दुई दिनयता चालिएको अभियानबाट पक्राउ गरी कारवाही गरिएको छ । सो अवधिमा पाँच थान पानी तान्ने मोटर, तीन थान एलएडी टिभी र दुई थान ल्यापटपसमेत बरामद गरिएको उहाँले जानकारी दिनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?