यस्तो रहनेछ आजको मौसम

लोकपथ
416
Shares

काठमाडौं । आज देशभर आंशिक बदली देखि सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज पहाडी भु–भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जनाईएको छ ।

त्यस्तै, आज राति देशभर आंशिक बदली देखि सामान्यतया मौसम सफा रहने छ ।

महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?