२१ मङ्सिर २०७८, मंगलवार

मगन्तेलाई निरुत्साहीत पार्दै प्रहरी

२०७८,कार्तिक,११,बिहीवार ०७:३१

126
Shares

वीरगञ्ज । विभिन्न बहानामा भारतबाट नेपाल भित्रिएर मगन्तेको भेषमा सार्वजनिकस्थलमा पैसा माग गर्ने मगन्तेलाई पर्सा प्रहरीले निरुत्साही गर्न थालेको छ ।

देशकै आर्थिक राजधानी वीरगञ्ज बजार आसपास क्षेत्रमा भारतबाट आएका मगन्तेलाई प्रहरीले नियन्त्रण गर्न अभियान चलाएको हो । त्यस्ता मगन्तेलाई नियन्त्रणमा लिएर नजिकैको वीरगञ्ज बजारभन्दा पारी पुनःभारततर्फ फर्काउन योजना अघि बढाइएको पर्साका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।

हाल वीरगञ्ज बजार आसपास क्षेत्रमा करिब १०० को सङ्ख्यामा विभिन्न उमेर समूहका भारतबाट आएका मागन्ते छन् । विभिन्न बालबालिकादेखि वृद्धवृद्धासम्मको उमेर समूहका भारतीय मगन्ते सक्रिय छन् । विभिन्न भेषमा शारीरिकरुपमा अशक्त देखिने गरी नक्कली मगन्तेले सर्वसाधारणलाई दुःख दिन थालेपछि यस्तालाई निरुत्साहित पार्न थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

विशेष गरी चाडबाड लक्षित गरी भारतीय बजारबाट यस्ता मगन्ते हरेक वर्ष वीरगञ्ज आउने गर्दछन् । मगन्तेलाई सार्वजनिकस्थलमा सर्वसाधारणलाई पैसा माग गरी दुःख दिने प्रवृत्ति बढ्दै गएपछि प्रहरीले निरुत्साहित गर्न यस्तो अभियान चलाएको हो ।

प्रकाशित मिति: २०७८,कार्तिक,११,बिहीवार ०७:३१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

ललितपुरस्थित एक सहकारीको लेटरप्याडका आधारमा विदेश जान लागेका ७६ यात्रुलाई अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइदिएको छ । उनीहरु विदेश

इजरायलले देशको दक्षिणमा रहेको टर्की फार्ममा रोगजनक एच ५ एन १ (H5N1) एभियन इन्फ्लुएन्जाको प्रकोप देखिएको उल्लेख गरेको छ ।

बुरुण्डीमा एउटा कारागारमा भएको भीषण आगलागीमा परी कम्तीमा ३८ कैदीको मृत्यु भएको छ । आगलागीमा परी दर्जनौं कैदीको मृत्यु हुनुका

कांग्रेस सभापतिका आकांक्षी डा शशांक कोइरालाले आफूले रामचन्द्र पौडेलका लागि दाबी छोड्न तयार रहेको बताएका छन् । उनले एक पटकका

ताजा समाचार

इजरायलमा बर्ड फ्लूको प्रकोप
 २०७८,मङ्सिर,२१,मंगलवार १९:५३
कारागारमा आगलागी हुँदा ३८ जनाको मृत्यु
 २०७८,मङ्सिर,२१,मंगलवार १९:४८
सभापतिमा दावी छाड्न तयार भए शशांक
 २०७८,मङ्सिर,२१,मंगलवार १९:४२