१८ मङ्सिर २०७८, शनिवार

तरुण दलको स्थापना दिवसको अवसरमा पाँचतले मन्दिरमा दीप प्रज्वलन

२०७८,कार्तिक,१०,बुधबार २१:२९

63
Shares

भक्तपुर । नेपाल तरुण दलको स्थापना दिवसका अवसरमा आज साँझ भक्तपुरको ऐतिहासिक सम्पदास्थल पाँचतले मन्दिर परिसरमा दीप प्रज्वलन गरिएको छ । नेपाल तरुण दल भक्तपुर नगर कार्य समितिले दीप प्रज्वलन गरेको हो ।

कार्यक्रममा नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले तरुण एकता आवश्यक रहेको बताए । पार्टीको बलियो खम्बाका रुपमा उभिएको युवा नेता नै भावी नेतृत्वमा पुग्ने हो भन्दै उनले पार्टीको ऐतिहासिक महाधिवेशन भव्यरुपमा सम्पन्न गर्न तरुणको भूमिका महत्वपूर्ण रहने बताए । कांग्रेस लोकतान्त्रिक पार्टी भएको चर्चा गर्दै लोकतन्त्रलाई बचाउन तरुण सधैँ अग्रस्थानमा उभिनुपर्नेमा जोड दिए ।

त्यस अवसरमा नेपाल तरुण दलका पूर्वकेन्द्रीय अध्यक्ष विनोद कायस्थले नेपाली राजनीतिक परिवर्तनमा तरुणको भूमिका महत्वपूर्ण रहेको चर्चा गरे । तरुण एकता बलियो बन्नसके पार्टी बलियो हुन्छ भन्दै उनले पार्टीको महाधिवेशनलाई सफल बनाउन तरुण लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेता राजु थापा र रामसुन्दर खाइतुले कांग्रेस बलियो भए मात्रै प्रजातन्त्र बलियो हुन्छ भन्दै तरुण दल कांग्रेसलाई बलियो बनाउन गाउँगाउँबाट लाग्ने बताए । कांग्रेसका नेता रवीन्द्र प्रधानले राति ७ बजे सम्पन्न भएको दीप प्रज्वलनमा सहभागी नेताहरूले कांग्रेस महाधिवेशनलाई एकताका साथ सम्पन्न गर्दै एकताको सन्देश प्रवाह गर्न प्रतिबद्धता जनाएको जानकारी दिए ।

प्रकाशित मिति: २०७८,कार्तिक,१०,बुधबार २१:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेले चितवनमा महाधिवेशन गर्दा विकास देख्ने अवसर पाएको बताएका छन् । उनले चितवन जिल्ला राजनीतिको

लामो कूटनीतिक प्रयासपछि कतार सरकार १६ वर्षअघिको नेपालसँगको श्रम सम्झौता पुनरावलोकन गर्न सहमत भएको छ । काठमाडौंमा शुक्रबारदेखि सुरु भएको

मेडिकल सिटीको रुपमा परिचत भरतपुरमा सञ्चालनमा रहेको एक अस्पतालले स्तरोन्नति गरी सुविधा सम्पन्न भवन निर्माण गरेको छ । कूल ५५

चितवनमा आजदेखि स्मार्ट लाइसेन्स नवीकरण कार्य सुरु हुँदैछ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्मार्ट लाइसेन्स

ताजा समाचार

श्रम सम्झौता पुनरावलोकनमा कतार सहमत
 २०७८,मङ्सिर,१८,शनिवार ०८:२१
डेढ अर्बको लगानीमा बन्यो अस्पताल
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१८
चितवनमै ‘स्मार्ट लाइसेन्स’ नवीकरण हुँदै
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१६
‘होई मेरो संसार’मा सरोज र विनाको छमछमी
 २०७८,मङ्सिर,१८,शनिवार ०८:०८
बेलायतमा ४२ जनामा देखियो ‘ओमिक्रोन’
 २०७८,मङ्सिर,१८,शनिवार ०७:३२
२५ वटा कम्पनीको आईपीओ आउँदै
 २०७८,मङ्सिर,१८,शनिवार ०७:१९
४० दिनपछि सर्वोच्च अदालत लयमा
 २०७८,मङ्सिर,१८,शनिवार ०७:१६