पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवं प्रवास विभाग प्रमुख विजय खडकाले राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुककाे धर्म,संस्कृति,कला,साहित्य तथा पहिचानकाे रक्षाकाे खातिर जुनसुकै मूल्य चुकाउन तयार रहेकाे बताएका छन् ।
आज झलकमान गन्धर्व स्मृति प्रतिष्ठानलाई राप्रपा प्रवास विभागकाे तर्फबाट नगद पच्चीस हजार सहयाेग हस्तान्तरण गर्दै मुलुककाे लाेपन्मुख संस्कृति र कला जाेगाउन स्वर्गीय गन्धर्वकाे उल्लेखनीय याेगदान रहेकाे बताए । उनले राप्रपाकाे विश्वभर छरिएर रहेका राष्ट्रवादी मित्रहरूले राष्ट्र, राष्ट्रियता, हिन्दुत्व र समृद्धिकाे लागि काम गरिरहेकाे बताए ।
स्व. झलकमान गन्धर्वकाे स्मृतिमा गठन गरिएकाे प्रतिष्ठानले लाेपाेन्मुख सारंगी लगायतकाे वाजाकाे संरक्षणकाे लागि विधालय खाेलेर विधार्थीहरूलाई प्रशिक्षण दिई रहनुकाे साथै लाेपाेन्मुख संगीत संरक्षणकाे लागि कार्य गरिरहेकाे छ,राप्रपा प्रवासी संगठन जापानका सह- अध्यक्ष शुसिलविर जवराद्वारा साैजन्य उक्त रकम हस्तान्तरण समाराेहमा खडकाले विश्वका २५ देशमा रहेकाे राप्रपा प्रवास समितिकाे साैजन्यमा यस्ता कार्यक्रमलाई भविष्यमा पनि निरन्तरता दिने बताए । कार्यक्रमा राप्रपाका युवा नेता विश्वराज पाैडेलले स्थानीय स्तरबाट पनि लाेपोन्मुख संस्कृतिलाई सहयाेग गरिने बताए ।
कार्यक्रममा प्रतिष्ठानका पदाधिकारीहरूकाे उपस्थिति रहेकाे थियाे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया