१८ मङ्सिर २०७८, शनिवार

‘जबज’ लाई विश्वविद्यालयका पाठ्यक्रममा समावेशको पहल

२०७८,कार्तिक,१०,बुधबार २१:१३

423
Shares

काठमाडौं । जननेता मदनकुमार भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ का विशेषतालाई विश्वविद्यालय शिक्षाका पाठ्यक्रममा समावेश गर्ने विषयमा आज विभिन्न विषय विज्ञ र विभागीय प्रमुखसँग परामर्श भएको छ ।

मदन भण्डारी फाउण्डेशनको आयोजनामा भएको कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका केन्द्रीय नेपाली विभाग, आमसञ्चार तथा पत्रकारिता विभाग, जल तथा मौसम विभाग, अर्थशास्त्र, समाजशास्त्र, भूगोल, इतिहासलगायत विभागका प्रमुख तथा प्राध्यापकको सहभागिता थियो । कार्यक्रममा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले जबजलाई एमालेले पार्टीको मार्गदर्शन सिद्धान्त बनाए पनि यो मुलुक र विश्व कम्युनिष्ट आन्दोलनका लागि एक मौलिक सिद्धान्त भएकाले यसलाई केन्द्रमा राखेर विश्वविद्यालयमा अध्ययन, अनुसन्धान गर्न गराउन आवश्यक रहेको बताए ।

उनले शान्तिपूर्ण बहुदलीय राजनीतिक प्रतिस्पर्धात्मक प्रणाली, मानव अधिकार, प्रेस स्वतन्त्रता, मौलिक अधिकारलगायका १४ विशेषतायुक्त जबजलाई अप्रत्यक्षरुपमा नेपालका सबै दलले कार्यान्वयन गरिरहेको जनाए । फाउण्डेशनका अध्यक्ष उषकिरण भण्डारीले जबजलाई विश्वविद्यालय शिक्षामा लागू गराउन विभिन्न विश्वविद्यालयसँग सम्झौता गरी काम सुरु भएको जनाइन् ।

एमालेका तत्कालीन महासचिव भण्डारीबाट प्रस्तुत पार्टीको २०४९ माघमा भएको पाँचौँ राष्ट्रिय महाधिवेशनमा ‘नेपाली क्रान्तिको कार्यक्रम ः जनताको बहुदलीय जनवाद’ पारित भएको थियो ।

प्रकाशित मिति: २०७८,कार्तिक,१०,बुधबार २१:१३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि आज शनिबार निर्वाचन हुँदैछ । भृकुटिमण्डपमा जारी महाधिवेशनमा अध्यक्ष, चार उपाध्यक्ष, तीन

‘ऊ बेलामा एउटै गीतमा ३/४ घण्टा लगाएर बजाउनु पर्थ्याे, अहिले धेरै त होइन तीन घण्टामा १०/१२ वटासम्म गीतमा बाँसुरी बजाउन

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेले चितवनमा महाधिवेशन गर्दा विकास देख्ने अवसर पाएको बताएका छन् । उनले चितवन जिल्ला राजनीतिको

लामो कूटनीतिक प्रयासपछि कतार सरकार १६ वर्षअघिको नेपालसँगको श्रम सम्झौता पुनरावलोकन गर्न सहमत भएको छ । काठमाडौंमा शुक्रबारदेखि सुरु भएको

ताजा समाचार

श्रम सम्झौता पुनरावलोकनमा कतार सहमत
 २०७८,मङ्सिर,१८,शनिवार ०८:२१
डेढ अर्बको लगानीमा बन्यो अस्पताल
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१८
चितवनमै ‘स्मार्ट लाइसेन्स’ नवीकरण हुँदै
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१६
‘होई मेरो संसार’मा सरोज र विनाको छमछमी
 २०७८,मङ्सिर,१८,शनिवार ०८:०८
बेलायतमा ४२ जनामा देखियो ‘ओमिक्रोन’
 २०७८,मङ्सिर,१८,शनिवार ०७:३२
२५ वटा कम्पनीको आईपीओ आउँदै
 २०७८,मङ्सिर,१८,शनिवार ०७:१९